Technology Khabar २५ आश्विन २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सुन्धारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो ।
मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले संचालन शुरुवातको उपलक्ष्य पारेर भारी छुटसहित मोबाइल मेला सुरु गरेको छ ।
असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ आश्विन २०७५, बिहीबार