जोन प्लेयर्सको वस्त्र खरिदमा नगद फिर्ता पाईने

  • Technology Khabar | २३ आश्विन २०७५, मंगलवार
जोन प्लेयर्सको वस्त्र खरिदमा नगद फिर्ता पाईने

काठमाडौं ।

काठमाडौं । सूर्य नेपाल प्रालिले दशैं तिहार अफरसहित जोन प्लेयर प्रिमियम ब्राण्डका पुरुष वस्त्रहरुको बिक्री खुल्ला गरेको छ । ग्राहक वर्गहरुलाई वस्त्र खरिदमा तत्काल नगद लाभ सहितको सुवर्ण अवसर समेत दिने कम्पनीले जानकारी दिएको छ ।
सो अफर अन्तरगत रु.९,९९९/- भन्दा माथिको खरिदमा तत्काल १५ प्रतिशतसम्म नगद फिर्ता अफर राखिएको छ भने रु. ७,४९९/- भन्दा माथिको खरिदमा तत्काल १० प्रतिशतसम्म नगद फिर्ता अफर राखिएको कम्पनीले उल्लेख गरेको छ ।
यो अफर औपचारिक पोशाक, क्याजुअल वेयर तथा डेनिम लगायतका सम्पूर्ण संग्रहमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार