ज्यागुअरको पहिलो इलेक्ट्रीक एसयुभी ‘आई-पेस’, एकपटकको फुलचार्जमा ४५० किलोमिटर गुड्ने

Technology Khabar २० आश्विन २०७५, शनिबार

काठमाडौं ।

काठमाडौं । बेलायती एसयुभी निर्माता कम्पनी ज्यागुअर(Jaguar)ले पेरिस अटो शोमा आफ्नो पहिलो इलेक्ट्रीक एसयुभी ‘आई-पेस’ (I-Pace) प्रदर्शन गरेको छ ।

कम्पनीले यसअघि पनि विभिन्न मोटर शोमा आइ-पेसलाई देखाउँदै आइरहेको छ ।

यो एसयुभीले कम्बस्चन इन्जिनयूक्त सवारीसाधनलाई सजिलै टक्कर दिनसक्ने क्षमतामा बनाइएको कम्पनीले दाबी गरेको छ । यो इलेक्ट्रिक गाडि केबल ५ सेकेण्डमा १०० किलोमिटरको गतिमा पुग्न सक्दछ । साथै, एकपटकको फुलचार्ज पश्चात् यसलाई ४५० किलोमिटरसम्म चलाउन सकिन्छ ।

आई-पेसको प्रोडक्शन मोडल कन्सेप्ट २०१६ मा सार्वजनिक गरिएको थियो । यसमा फराकिलो ग्रिल दिइएको छ । ग्रिलको दुबै तर्फ एलइडी हेडल्याम्स लगाइएको छ ।

यसका साथै कारमा पिल स्पाइलर, ड्युटोन बम्पर, डिफ्युजर र स्लीक एडइडी टेलल्याम्प्स दिइएको छ । आई पेसको लम्बाई ४ हजार ६ सय ८२ एमएम र चौडाई २ हजार १ सय ३९ एमएम रहेको छ । यसको ह्वीलबेश भने २ हजार ९ सय ९० एमएम रहेको छ ।

यसमा ज्यागुअरको टच प्रो इन्फोटेनमेन्ट सिस्टमको साथै अल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिईएको छ । आइ-पेसमा इनकन्ट्रोल टच प्रो डूओ इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । जसमा दुई वटा टच प्याडहरु छन्, एउटा १० इन्चको अपर स्क्रीन र अर्को ५.५ इन्चको लोअर स्क्रीन । आइ पेसमा उपलब्ध इलेक्ट्रीक मोटरलाई ९० किलोवाटको ब्याट्रीले पावर प्रदान गर्छ ।

यो गाडीले ३९४ पिएस पावर उत्पादन गर्छ भने, ९० किलोवाटको लिथियम आयोन ब्याट्री ८० प्रतिशत चार्ज हुन ४५ मिनेटको समय लाग्नेछ । जसले एक पटकको चार्जमा २४० माइलसम्मको यात्रा गर्न सकिन्छ ।

यसको शुरुवाती मूल्य ७० हजार पाउन्डदेखि शुरु हुन्छ ।

प्रकाशित: २० आश्विन २०७५, शनिबार

तपाइको प्रतिक्रिया