ट्रिपल क्यामरा भएको एलजीको पहिलो स्मार्टफोन ‘एलजी भी४० थिनक्यू’, सेल्फीका लागि ड्यूल क्यामरा

Technology Khabar १९ आश्विन २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौँ ।कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ट्रिपल क्यामरा सेटअप भएको पहिलो स्मार्टफोन एलजी भी ४० थिनक्यू लन्च गरेको हो ।

ट्रिपल क्यामरा भएको फ्ल्यागशिप स्मार्टफोन ल्याउने एलजी तेस्रो कम्पनी हो ।

एलजी भी४० थिनक्यू (LG V40 ThinQ) स्मार्टफोनमा ६.४ इन्चको क्वाड एचडी प्लस ओएलईडि डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ३२१०x१४४० पिक्सेल छ ।

फोनमा क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट राखिएको छ भने फोनमा ६ जीबी र्यामका साथ ६४ जीबी र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा २ टिबीसम्म बढाउन सकिन्छ ।

फोटोका लागि फोनमा ट्रिपल रियर क्यामरा राखिएको छ, जसमा १२ मेगापिक्सेलको वाइड एंगल, १६ मोगपिक्सेलको सुपर वाइड एंगल र १२ मेगापिक्सेलको टेलीफोटो क्यामरा राखिएको छ । एलजीले पहिलो पटक फ्ल्यागशिप फोनमा टेलीफोटो क्यामरा प्रयोग गरेको हो ।

सेल्फीका लागि फोनमा ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्यूल क्यामरा सेटअप रहेको छ ।

एन्ड्रोयड ओरियो ८.१ भर्सनमा आधारित यो समार्टफोनमा गूगल असिस्टेन्टका लागि छुट्टै बटन उपलब्ध छ ।

पावर ब्याकअपका लागि फोनमा ३,३०० एमएएचको ब्याट्री प्याक राखिएको छ जसले वायरलेस चार्जिंग सर्पोट गर्दछ ।

एलजी भी ४० थिनक्यू स्मार्टफोनमा वाईफाई, ब्लूटूथ, जीपीएस, एनएफसी र फोरजी भीओएलटिई फीचर राखिएको छ ।

एलजीले नयाँ स्मार्टफोन अरोमा ब्ल्याक, प्लानिटम ग्रे, मोरोकान ब्लू, र कारमाइन रेड कलर अप्सनमा ल्याएको छ ।

यो स्मार्टफोन १८ अक्टोबरदेखि उपलब्ध हुने छ भने यसको मूल्य अझै कम्पनीले खुलाएको छैन् ।

प्रकाशित: १९ आश्विन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया