
काठमाडौं ।
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ४,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात ८,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध संचालक मोहनकुमार डाँगी र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रवन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे । हाल उक्त कम्पनीको अधिकृत पूँजी रु.४० करोड, जारी पूँजी रु.४० करोड र चुक्ता पूँजी रु.२८ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.४० करोड हुने कम्पनीले जानकारी दिएको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका साविक मोराहा, श्रीजु, पौठाक र ओयाक्जु गाविसहरु हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरू खोला साना जलबिद्युत आयोजनाको निर्माण कार्य गरिरहेको बताईएको छ ।
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार