सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बीमा योजना सार्वजनिक

  • Technology Khabar | १६ आश्विन २०७५, मंगलवार
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बीमा योजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ ।

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १६ आश्विन २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार