मोबाइल फोनमा लगातार ३० मिनेट भन्दा बढि कुरा गर्दा ब्रेन ट्यूमरको खतरा

  • Technology Khabar | १५ आश्विन २०७५, सोमबार

काठमाडौं ।

काठमाडौँ । स्मार्टफोन यस्तो ग्याजेट हो जून हरेकले प्रयोग गर्ने गर्दछन् । अधिकांशलाई स्मार्टफोन नहुँदा केहि कमी भएको महसुश समेत हुने गर्दछ । स्मार्टफोनको प्रयोग र यसको आवश्यकताले मानिसको दैनिकी नै परिवर्तन गरिदिएको छ । तर स्मार्टफोन प्रयोगको अधिक लतले गर्दा तपाईँको जीवनमा खतरा समेत उत्पन्न हुनसक्दछ । अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुलाई स्मार्टफोनको नकारात्मक प्रभाव र असरको बारेमा थाहा नहुन सक्दछ तर स्मार्टफोनको अधिक प्रयोगले तपाईँको ज्यान लिन सक्दछ ।

स्मार्टफोनको प्रयोगले कयौं नकारात्मक प्रभाव देखाउँछ, जसमा आँखामा असर पर्ने, रात भर निन्द्रा नआउने, ग्याजेट एडिक्सन र अन्य विषयहरु । तर यो भन्दा पनि बढि खतराको विषय भनेको तपाईँको जीवन नै जान सक्दछ । यदि तपाईँले स्मार्टफोनलाई कानमा लगाएर लगातार आधा घण्टासम्म कुरा गर्नुहुन्छ भने १० वर्षपछि तपाईँलाई ब्रेन ट्यूमर हुने आशंका दोब्बर बढि हुन्छ ।

हालै भारतको आईआईटीको प्रोफेसर गिरीश कुमारले गरेको अध्ययन, अनुसन्धानको आधारमा उनले दाबी गरेका हुन् ।

‘मैले कयौं ईएनटी विशेषज्ञहरुसँग कुराकानी गरेर अध्ययन रिपोर्ट प्रकाशित गरेको छु,’ उनले भने ।

अध्ययनमा यो विषयको पनि दाबी गरिएको छ कि बहिरोपन र ब्रेन ट्यूमरको बिरामीहरुको संख्या बढिरहेको छ । ताजा सर्वेक्षणमा अधिकांश मानिसहरुले यो विश्वास गरेका छन कि लामो समयसम्म मोबाइलमा कुराकानी गर्दा कान तात्ने गर्दछ ।

२० देखि ३० मिनेटसम्म मोबाइलमा कुराकानी गर्दा माइक्रोवेभ रेडिएशन शरीरमा प्रवेश गर्दछ, जसले गर्दा कानको लोती अर्थात ईयर लोबको रगत तात्दछ । यसले रगतको तापमानमा १ डिग्री सेल्सियसको वृद्धि हुन्छ ।

अनुसन्धानकर्ता गिरीश कुमारका अनुसार, फोनमा आधा घण्टाभन्दा लामो अवधिसम्म लगातार कुरा गर्दा टाउको दुख्ने समस्या देखा पर्दछ । यसपछ ब्रेन ट्यूमरको अन्तिम चरणको लक्षण देखा पर्दछ ।

यसअघि गरिएका विभिन्न अन्तराष्ट्रिय अध्ययन अनुसन्धानमा पनि ३० मिनेट भन्दा बढि स्मार्टफोनमा लगातार कुराकानी गर्दा ब्रेन क्यान्सर नै हुनसक्ने खतरा औंल्याईएको छ।

प्रकाशित: १५ आश्विन २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार