एउटा ट्वीट जसले गर्दा एलन मस्कले टेस्लाको अध्यक्ष पद गुमाए, साथमा २० मिलियन डलर जरिवाना

Technology Khabar १४ आश्विन २०७५, आईतवार

काठमाडौं ।

काठमाडौँ । इलेक्ट्रिकल अटोकार मेकर कम्पनी टेस्ला(Tesla)का प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष एलन मस्कले अध्यक्ष पद छोड्ने भएका छन् ।

विश्वका धनीहरुको सूचीमा समावेश मस्कले हालै कम्पनीको बारेमा भएको विवादपछि टेस्लाको अध्यक्ष पद छोड्न लागेका हुन् । उनलाई अमेरिकी सेक्यूरिटी एण्ड एक्सचेन्ज कमिसनले कम्पनीको शेयर मूल्य गिराउन भुमिका खेलेको आरोप लगाएपछि उनले सो पद गुमाउनुपर्ने भएको हो ।

यसका साथै मस्कले कमिसनलाई २० मिलियन अमेरिकी डलर पनि जरीवाना तिर्नुपर्ने भएको छ । अध्यक्षबाट राजीनामा दिएपनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहिरहनेछन् ।

यो विषयमा शनिवार सहमति भएपछि मस्कले ४५ दिनभित्र टेस्लाको अध्यक्ष छोड्नुपर्ने भएको छ । उनले अब ३ वर्षसम्म कुनैपनि किसिमले अध्यक्ष बन्न पाउनेछैनन् र कम्पनीमा स्वतन्त्र चेयरम्यान चुनिनेछ ।

एलन मस्कले गत अगस्ट ७ तारिखमा एक ट्वीट गर्दै कम्पनीलाई निजीकरण गर्नको लागि ४२० प्रति शेयर मूल्यमा किन्ने गरि लगानी सुरक्षित गरिएको उल्लेख गरेका थिए । सो ट्वीटपछि नै अमेरिकाको सेक्यूरिटी एण्ड एक्सचेन्ज कमिसनले त्यसको बारेमा छानबिन गर्ने भन्दै मस्कको विरुद्धमा संघिय सेक्यूरिटी कानूनहरुमा उल्लेखगरिएको एन्टि फ्रड को उलंघन गरेको आरोप लगाएको थियो ।

प्रकाशित: १४ आश्विन २०७५, आईतवार

तपाइको प्रतिक्रिया