
काठमाडौं ।
काठमाडौं । सानिमा बैंकले सुरक्षित भिसा कार्ड अनलाइन पेमेन्टको सेवा थालेको छ।
यस सेवाबाट ग्राहकले सानिमा बैंकका सबै भिसा डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सक्ने छन्।
सेवाका लागि ग्राहकले बैंकको वेबसाइटमा गई भिसा कार्डको आवश्यक जानकारी गराई सुचारु गर्न सक्नेछन्।
त्यसैगरि सहज रुपमा होटल बुकिङ गर्न, एयरलाइन्स टिकट लिन तथा सपिङको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित: १४ आश्विन २०७५, आईतवार