आफ्नो एन्ड्रोयड फोनको पासवर्ड बिर्सनुभयो, त्यसो भए यसरी गर्नुस सजिलै फोन अनलक

Technology Khabar १३ आश्विन २०७५, शनिबार

काठमाडौं ।

काठमाडौँ । एन्ड्रोयड स्मार्टफोनका यूजर्सले आफ्नो व्यक्तिगत जानकारी तथा डेटाहरु सुरक्षित गर्न पासवर्ड, प्याटर्न, स्क्रीन लक, फिंगरप्रिन्ट सेन्सरलगायतका सेक्योरिटी फीचरको प्रयोग गर्ने गर्दछन् । स्मार्टफोन अन्य व्यक्तिहरुले नचलाउन र निजी जानकारी नहेरुन भनेर अधिकांशले यस्तो सेक्योरिटी फीचर नियमित प्रयोग गर्दछन् ।

यूजर्सले आफ्नो तरिकाले सकेसम्म अरुले आफ्नो निजी जानकारी भएको फोन अनलक गर्न नसकोस भनेर सकेसम्म कठिन पासवर्ड वा सेक्योरिटी फीचर प्रयोग गर्ने गर्दछन् । तर कयौं पटक यूजर आफूले नै राखेको पासवर्ड बिर्सन्छन् । यस्तो बेलामा फोन अनलक गर्न निकै कठिन र समस्या हुन्छ । अझ कहिलेकाँही त पासवर्ड बिर्सेर फोन नै फम्र्याट गर्ने अवस्थासम्म आउँछ ।

यस्तो समस्याको बेलामा तपाईँलाई यहाँ केहि यस्तो तरिका बताउँदै छौं जसको सहयोगबाट तपाईँले पासवर्ड बिर्से पनि आफ्नो डिभाइस अनलक गर्न सक्नुहुन्छ ।

पहिलो तरिका: एन्ड्रोयड डिभाइसको म्यानेजरको प्रयोग

यसको लागि तपाईँले आफ्नो पर्सनल कम्प्यूटर वा फोनबाट https://myaccount.google.com/find-your-phone-guide मा जानु पर्ने हुन्छ ।

त्यसपछि आफ्नो गूगल एकाउन्ट लग इन गर्नुहोस् ।

तपाईँको कम्प्यूटरको स्क्रीनमा एउटा लिस्ट खुल्नेछ । त्यहाँबाट तपाईँले आफ्नो डिभाइसको छनौट गर्नुपर्छ जून तपाईँ अनलक गर्न चाहनुहुन्छ ।

त्यसपछि तपाईँको स्क्रीनमा लक योर फोन (Lock your phone) आउनेछ । यसमा क्लिन गर्नुहोस् ।

अब एक नयाँ पासवर्ड राख्नुहोस् । फेरी त्यसको तल दिईएको लक बटनमा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि तपाईँले आफ्नो लक भएको फोनमा नयाँ पासवर्ड राखेर फोन अनलक गर्न सक्नुहुनेछ ।

अर्को तरिका: ओके गूगल (Ok Google)

एन्ड्रोयड डिभाइसहरुमा अहिले गूगलको गूगल असिस्टेन्टको प्रयोग हुने गरेको छ । यदि तपाईँले पनि आफ्नो स्मार्टफोनमा गूगल असिस्टेन्टलाई प्रयोगमा ल्याउने वा पहिले नै सेट गर्नुभएको छ भने त्यसबाट पनि फोन अनलक गर्न सकिन्छ ।

तपाईँलाई यो जानकारी भने हुनै पर्दछ की यो फीचर पहिले नै रेकर्ड गरिएको आवाजको आधारमा मात्र काम गर्दछ । यदि तपाईँले फोनमा यो फीचर अन गर्नुभएको छ भने तपाईँले अंग्रेजीमा ओके गूगल (Ok Google) भनेर फोन अनलक गर्न सक्नुहुनेछ ।

सामसंग फोन प्रयोगकर्ताहरुका लागि

यो तरिका केबल सामसंग यूजर्सका लागि मात्र प्रयोगमा आउँछ । यसको लागि तपाईँको सामसंग फोनमा सामसंग एकाउन्ट सिंक गर्नुपर्दछ ।
यसको लागि तपाईँले https://findmymobile.samsung.com/ मा जानुपर्ने हुन्छ । अब आफ्नो आईडी पासवर्ड हालेर एकाउन्ट लग इन गर्नुहोस् । त्यसपछि अनलक विकल्प छनौट गर्नुहोस् ।

यति गरेपछि तपाईँको फोन अनलक हुन्छ ।

प्रकाशित: १३ आश्विन २०७५, शनिबार

तपाइको प्रतिक्रिया