ताम्राकार मोबाइल व्यापार संघमा नयाँ नेतृत्व सर्वसम्मत चयन, व्यवसायीको हकहितमा काम गर्ने

  • Technology Khabar | १२ आश्विन २०७५, शुक्रबार
ताम्राकार मोबाइल व्यापार संघमा नयाँ नेतृत्व सर्वसम्मत चयन, व्यवसायीको हकहितमा काम गर्ने
फोटोः गूरुदत्त शर्माको फेसबुकबाट

काठमाडौं ।

काठमाडौं । पाको न्यूरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ । ताम्राकार मोबाइल व्यापार संघको दोस्रो साधारण सभाले जगत साउदको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत छनौट गरेको हो ।

अध्यक्ष साउदले यसअघिको पहिलो कार्यसमितीलाई पनि नेतृत्व गरेका थिए । त्यसैगरि उपाध्यक्षमा कृष्ण पराजुली, सचिवमा गुरुदत्त शर्मा र कोषाध्यक्षमा अनिल ढकाल चयन भएका छन भने सदस्यहरुमा रमण पराजुली, रामदास ठकुरी, कल्पना तिवारी रहेका छन् ।

संघको सल्लाहकारहरुमा प्रदिप कुमार बानियाँ, माधव रोकाया, मधुकर लामिछानेलगायतलाई सर्वसम्मतरुपमा चयन गरेको हो ।

नयाँ नेतृत्वले ताम्राकार कम्प्लेक्समा विभिन्न प्रबद्र्धनात्मक कार्यहरुका साथै व्यापार व्यवसायीहरुबिचमा आउने समस्याहरुलाई समाधान गर्ने गरि व्यवसायीको हकहितका लागि योजनाबद्ध तरिकाले काम गर्ने नव निर्वाचित अध्यक्ष साउदले टेक्नोलोजी खबरलाई बताए ।

संघको नयाँ कार्यसमितीको बैठक शुक्रबार नै बस्ने र दशैं तिहारको लागि व्यवसायीक रणनीति समेत बनाउने उनले जानकारी दिए ।

प्रकाशित: १२ आश्विन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार