
काठमाडौं ।
काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आसय भनेको हजारौ सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने हो ।
यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् ।
यो अभियानकोे मुख्य उदेश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्ने हो । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् । कोकाकोलाका यी प्याकहरुले आफ्ना प्रियजनहरुमा उत्साह तथा भावनाहरु आदान प्रदान गर्ने अबसर प्रदान गरेको कम्पनीले दाबी गरेको छ ।
कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी सम्बन्धहरुलाई विशेष प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौ, त्यसका लागि यो वर्ष हामी हाम्रा ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाँड्नको लागि अभिप्रेरित गर्नेछौं। कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।’
प्रकाशित: ११ आश्विन २०७५, बिहीबार