Technology Khabar १० आश्विन २०७५, बुधबार
काठमाडौं ।
काठमाडौँ । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्नो मिड रेन्जको स्मार्टफोन भीभो भी ११ सार्वजनिक गरेको छ । कम्पनीले यसअघि भीभो भी ११ प्रो सार्वजनिक गरेको थियो ।
नयाँ स्मार्टफोन हाल भारतीय बजारमा मात्र उपलब्ध रहेको छ भने नेपाली बजारमा पनि केहि सातामा नै उपलब्ध हुने बताईएको छ ।
भीभो भी ११ मा ६.३ इन्चको फूलभ्यू डिस्प्ले राखिएको छ, जसको रेजोल्यूशन २२८०x१०८० पिक्सेल रहेको छ । फोनमा मीडियाटेक हेलियो पी ६० प्रोसेसर छ भने ६ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेजका साथमा आउँछ । फोनमा माइक्रो एसडी कार्डमार्फत स्टोरेज बढाउन सकिन्छ ।
फोनमा एन्ड्रोयडमा आधारित फनटच ओएस ४.५ मा कामगर्दछ ।
फोटोका लागि फोनमा १६ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ भने ३३१५ एमएएचको ब्याट्री प्याक छ ।
भारतीय बजारमा कम्पनीले यो फोनको मूल्य ३९ हजार ९ सय रुपैयाँ तोकेको छ भने नेपाली बजारमा यसको मूल्य ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
भदौ २९ गते नेपाली बजारमा भी ११ प्रो सार्वजनिक गरेको समयमा नै भी ११ को पनि मूल्य सार्वजनिक गरिएको थियो तर फोन भने हालसम्म उपलब्ध थिएन् ।
प्रकाशित: १० आश्विन २०७५, बुधबार