Technology Khabar ९ आश्विन २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । आइएमई लिमिटेड र भरोसा अस्पतालवीच गत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता यहि असोज ०५ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ९ आश्विन २०७५, मंगलवार