
काठमाडौं ।
काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठको अवसर पारेर ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले नजिकिँदै गरेको नेपालीहरुको महानपर्व बडा दशैं, तिहार तथा छठको अवसर पारेर हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिनलगायतका होम अप्लाएन्सेजको खरिदमा हातखाली नजाने योजना ल्याएको हो।
‘स्क्रयाच गरी, उपहार जीति, दंङ परि’ योजना अन्तर्गत ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्ने बताईएको छ ।
‘खुर्कियो कि फुर्कियो’ योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ९ आश्विन २०७५, मंगलवार