Technology Khabar ६ आश्विन २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । सोशियल मिडिया ट्विटरले प्रयोगकर्ताहरुलाई चेतावनीयुक्त सूचना जारी गरेको छ । ट्विटरले प्रयोगकर्ताहरुको एकाउन्टबाट सिधै पठाएको म्यासेज तेस्रो पक्षलाई गएको भन्दै चेतावनीयुक्त संदेश जारी गरेको छ ।
कम्पनीले शुक्रबारदेखि प्रयोगकर्ताहरुलाई सूचना जारी गर्दै यूजरको निजी म्यासेज(डिएम) तेस्रो पक्ष डेभलपरहरुलाई गएको भन्दै सचेत गराएको छ ।
ट्वीटरकाअनुसार सो समस्या २०१७ मई महिनादेखि देखिएको र सो समस्यालाई तत्कालिन समयमा नै समाधान गरिएको थियो । ‘हाम्रो अनुसन्धान निरन्तर जारी छ, तर अहिलेसम्म अनधिकृत डेभलपरलाई गएको डिरेक्ट म्यासेजको दूरुपयोग भएको हामीसँग कुनै जानकारी छैन,’ ट्विटरले भनेको छ ।
ट्विटरले प्रयोगकर्ताहरुका लागि चेतावनीयुक्त संदेश पठाएपनि त्यस्तो सूचना हाल ब्राण्डसँग सम्बन्धित एकाउन्टहरुमा मात्र पठाईएको छ । उदाहरणको लागि एयरलाइन्स अथवा डेलिभरी सर्भिस जस्ता ब्राण्ड कम्पनीहरुको ट्विटरमा मात्र जानकारी दिएको छ । उनीहरुको एकाउन्ट संभवत प्रभावित भएको अनुमान गरिएको छ ।
ट्विटरकाअनुसार केबल एउटा टेक्निकल गतिबिधिमा मात्र यस्तो समस्या आएको छ ।
प्रयोगकर्ताहरुको डिएम (direct message)तेस्रो पक्षलाई पठाउने बग सेप्टेम्बर १० तारिखमा नै भेटिएपनि कम्पनीले प्रयोगकर्ताहरुलाई भने २ साता पछि मात्र सूचना दिएको छ ।
‘यदि तपाईँको एकाउन्ट प्रभावित भएको थियो भने हामी तपाईँलाई सिधै इन-एप नोटिस पठाएर वा ट्विटर डटकममा नोटिस दिएर सम्पर्क गर्नेछौं,’ कम्पनीको सूझावमा भनिएको छ ।
For those who received notifications today, this only involves potential interactions or Direct Messages you have have had with companies using Twitter for things like customer service. Your other DMs are not involved at all.
— Support (@Support) September 21, 2018
कम्पनीकाअनुसार बगद्धारा प्रभावित ट्विटर प्रयोगकर्ताहरु १ प्रतिशतभन्दा पनि कम छन् । हाल ट्विटरमा ३३५ मिलियन यूजरहरु रहेका छन् ।
यहि वर्षमा ट्विटरमा डाटासँग सम्बन्धि बग भेटिएको यो दोस्रो घट्ना हो । यसअघि पनि कम्पनीले २०१८ मईमा प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न भनेको थियो ।
प्रकाशित: ६ आश्विन २०७५, शनिबार