Technology Khabar ५ आश्विन २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । एप्पलले सार्वजनिक गरेको नयाँ आइफोनहरु विश्व बजारमा शुक्रबारदेखि उपलब्ध हुन शुरु गरेको छ। एप्पलको आइफोन किन्न विश्वभर ग्राहकहरु एप्पल स्टोर बाहिर लामो प्रतिक्षामा रहेका छन् ।
एप्पलको नयाँ आइफोन एक्स एस(iPhone Xs), आइफोन एक्स एस म्याक्स (iPhone Xs Max)र एप्पल वाच सिरिज ४ किन्नका लागि ग्राहकहरु लामबद्ध भएको बताईएको छ । एप्पलले अमेरिकासहित अष्ट्रेलिया, यूरोपेली मुलुक र सिंगापुरलगायतका देशहरुमा पहिलो चरणमा नयाँ आइफोन बिक्री शुरु गरेको हो ।
कम्पनीले सेप्टेम्बर १२ मा आयोजित इभेन्टमा नयाँ आइफोनहरु सार्वजनिक गरेको थियो जसमध्ये सबैभन्दा सस्तो आइफोन भनेर चिनिएको आइफोन एक्स आर (iPhone Xr)भने अक्टोबरमा मात्र उपलब्ध हुनेछ।
गत शुक्रबारदेखि प्रि अर्डर शुरु भएको आइफोन आजदेखि विश्व बजारमा उपलब्ध भएको हो ।
छिमेकी बजारमा नयाँ आइफोन २८ सेप्टेम्बरमा बिक्री शुरु हुनेछ भने नेपालमा यो फोन आउन अझै समय लाग्नेछ ।
यसअघिको प्रचलन हेर्दा नेपाली बजारमा आइफोन सार्वजनिक भएको करिब १ महिनामा आधिकारिकरुपमा उपलब्ध हुने गरेको छ । तर ग्रे मार्केटमा भने विश्व बजारमा आएको साता दिनमा नै उपलब्ध हुने गरेको देखिएको छ । जसका लागि निकै महंगो मूल्य तिर्नुपर्ने हुन्छ ।
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार