
काठमाडौं ।
काठमाडौं । जर्मनीको लक्जरी कार निर्माता कम्पनी आउडीले पूर्ण रुपमा विद्युतीय एसयूभी कार सार्वजनिक गरेको छ। कम्पनीले सोमवार अमेरिकाको सनफ्रान्सिस्कोमा एक कार्यक्रम आयोजना गर्दै ई-ट्रोन (E-tron) एसयूभी सार्वजनिक गरेको हो । कारका लागि कम्पनीले अहिले देखिनै फिर्ता गर्न मिल्ने गरी १ हजार डलरडिपोजिट लिन थालेको छ ।
यस कारको शुरुआती मूल्य ७४ हजार ८सय डलर हुनेछ । फूल-इक्विप्ड पहिलो संस्करणको मूल्य भने ८६ हजार डलर पर्ने बताइएको छ । यो वर्षको अन्त्यमा यूरोपमा र आगामी वसन्त ऋतुमा अमेरिकामा सो कार उपलब्ध हुनेछ ।
कम्पनीले आगामी तीन वर्षमा तीन ओटा विद्युतीय सवारी ल्याउँदैछ । यो कार यिनै मध्ये पहिलो भएको आउडीले बताएको छ । इ-ट्रोन क्रेताहरुका लागि घरमै चार्जिङ स्टेशन जडान गर्नका लागि भने यसले ई-कमर्श कम्पनी अमेजनसँग साझेदारी गरेको छ ।
यसअघि प्रिमियम विद्युतीय सवारी बजार विस्तार गर्न जगुआर, मर्सिडिज र बीएमडब्ल्यूले पनि आफ्ना विद्युतीय एसयूभी सार्वजनिक गरेका थिए । यी कार केही वर्षमा विक्रीका लागि उपलब्ध हुनेछन् । एजेन्सी
प्रकाशित: ३ आश्विन २०७५, बुधबार