
काठमाडौं ।
काठमाडौं । स्मार्ट टेलिकमले कम्पनीको सिमकार्डको खरिदमा थप ४० रुपैयाँ प्रदान गर्ने भएको छ ।
योजनाअनुसार ९९ रुपैयाँमा सिम किन्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, दुई सय एमबी डाटा, ५० रुपैयाँ मेन व्यालेन्स र ४० रुपैयाँ थप पाउने गरी मेन व्यालेन्स प्राप्त हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले केहि दिनअघि सार्वजनिक गरेको रिब्रान्डिङ्गको साथ ‘इट्स फ्रिडम’ नयाँ योजनामा २९ रुपैयाँमा ५ सय एमबी डाटा, ९० पैसा प्रतिमिनेट भ्वाइस, ५० पैसा एसएमएस (सरकारी कर बाहेक) एवं न्यूनतम शूल्कमा अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १ आश्विन २०७५, सोमबार