आइएमई लिमिटेड र बोता मः मवीच सम्झौता

  • Technology Khabar | ३१ भाद्र २०७५, आईतवार
आइएमई लिमिटेड र बोता मः मवीच सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई लिमिटेड र बोता मःम बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले बोता मः ममा १५ प्रतिशत विशेष पाउनेछन् ।

काठमाडौंमा चार (४), ललितपुरमा एक (१) र भक्तपुरमा आउँदै गरेको एक (१) सहित कुल छ (६) आउटलेट रहेको बोता मः मका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्ने कम्पनीले जनाएको छ । सम्झौता पत्रमा आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःम को तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि असोज १ गतेदेखि दुई वर्षसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

प्रकाशित: ३१ भाद्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार