Technology Khabar २८ भाद्र २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०१८ मा सो स्कुटर कम्पनीले सार्वजनिक गरेको हो ।
युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको शुरुवाती मूल्य २,२४,९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
टिभिएस एनर्टक १२५ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ । बिगत ४ बर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टिभिएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ ।
टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९.४ पिएस र ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनमा प्रयोग भएको अतिरिक्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिने कम्पनीले दाबी गरेको छ ।
प्रकाशित: २८ भाद्र २०७५, बिहीबार