टेलिकममा तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न आधिकारिक ट्रेड युनियनको माग

Technology Khabar २८ भाद्र २०७५, बिहीबार

टेलिकममा तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न आधिकारिक ट्रेड युनियनको माग
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियन नेपाल दूरसञ्चार कर्मचारी संघले तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

संघले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ती प्रक्रियामा भइरहेको ढिलाइप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रीको ध्यानाकर्षण गराउँदै नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेको हो।

टेलिकममा नेतृत्व नियुक्तीमा ढिलाइका कारण फोरजी/एलटीई तथा एफटिटिएचलगायतका प्रविधिको उचित विस्तारमा पनि ढिलाई भएको युनियनले दाबी गरेको छ ।

कम्पनीमा प्रबन्ध निर्देशक नियुक्ति गर्ने सम्बन्धमा मन्त्रीपरिषदले नै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७३ जारी गरिसकेको भएपनि सोको प्रभावपूर्ण कार्यान्वयनका कारण राज्यको एक नम्बरको संस्थालाई प्रमुख बिहीन बनाइनु गम्भीर विषय भएको युनियनले स्पष्ट पारेको छ ।

प्रकाशित: २८ भाद्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया