काठमाडौं ।
काठमाडौं । नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएम (SWM) मोटरसाइकल सार्वजनिक गरिएको छ ।
एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुप अन्तर्गत ज्ञान अर्थमुर्भस प्रा. लि.ले यी बाइक मंगलबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रारम्भ भएको नाडा अटो शोमा सार्वजनिक गरेको हो ।
हाल एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार रुपैयाँ कायम गरिएको छ ।
ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन÷एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो ।
कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटार स्थित शोरुम र वर्कशपको अलावा चितवन र पोखरामा शोरुम खोल्ने योजना राखेको जनाएको छ ।
प्रकाशित: २६ भाद्र २०७५, मंगलवार