
काठमाडौं ।
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले मंगलबारदेखि सुरू भएको नाडा अटो शोसँग नै निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ उपहार योजना पनि सुचारू गरेको छ ।
निसान ‘फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत् नाडा अटो शोमा आएका ग्राहकहरूले बुकिङ गरेबापत् योजनाको अन्त्यमा नगद रू. २७,००० बराबरको रेडमी नोट ५ मोबाइल फोन प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
नाडा अटो शोमा नै पायोनियर मोटो कर्पले फाइनान्स र किस्ताबन्दीको प्रावधान पनि लागू गरेको छ जसअन्तर्गत् रू. १४,६११ सम्मको न्यून मासिक किस्ता तिर्ने प्रावधानसम्म छ ।
नाडा शोदेखि नै लागू भएको यो योजना चाडपर्वको यो मौसमसम्मै लागू रहनेछ । यो योजनाबाट ग्राहकहरूले रू. ४९,००० सम्मको एसेसोरिज, १ वर्षको निःशुल्क बीमा, १ वर्षसम्म सडक कर निःशुल्क, ३ वर्षको वारेन्टि र सर्भिसिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा, र रू. ६ लाखसम्मको नगद् छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: २६ भाद्र २०७५, मंगलवार