
काठमाडौं ।
काठमाडौं । आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ ।
सो एयरलाइन्सको जीएसए (जनरल सेल्स एजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रा.लिले गर्ने जानकारी दिएको छ ।
निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ ।
सलाम एयरले व्यवसायिक क्षमता अभिबृद्धि र यात्रु महानुभावहरुमा सेवाको भावनालाई मध्यनजर गर्दै आफ्ना यात्रु तथा सेवाग्राही महानुभावहरुले कुनैपनि गन्तव्यमा एकवर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ्ग पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको छ । टिकट किन्दा १ वटा फ्री दिने योजना लागु गरेको छ ।
आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्ने सम्पूर्ण यात्रुहरुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
एयरलाइन्सले नेपाल नागरिक उडड्यन प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौंका लागि विहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्ने कम्पनीले जानकारी दिएको छ ।
सलाम एयरको सेवा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदले स्थापित ब्राण्ड आइएमईसँग सलाम एयरले व्यवसायीक सम्बन्ध स्थापित गर्न सफल भएकोमा खुशी ब्यक्त गरे ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेवाको प्रारम्भसँगै मध्यपूर्वका धेरै देशमा आवतजावतका लागि नेपालको सिधा सम्पर्क स्थापित भएको भन्दै ती देशबाट नेपाल भ्रमणमा आउने बाह्य पर्यटनलाई समेत सहज हुने बताए ।
प्रकाशित: २६ भाद्र २०७५, मंगलवार