
काठमाडौं ।
काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता एम ए डब्लु इन्टरप्राइजेजले जेडआर ‘स्ट्रिट र्याली’ स्कुटर सार्वजनिक गरेको छ।
राजधानीमा आयोजित एक कार्यक्रमको बीच ‘एम ए डब्लु’ टु ह्विलरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी साहले स्कुटर सार्वजनिक गरे ।
यो स्कुटर सिटी राइडको लागि मात्र नभएर लामो दूरीको लागि पनि उपयुक्त भएको उनले दाबी गरे।
रातो र निलो रङमा उपलब्ध नयाँ ‘स्ट्रिट र्याली’ को मूल्य कम्पनीले २ लाख ८ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।
यसमा भएको भाइजरले हावा रोक्ने मात्र नभइ स्कुटरलाई स्पोर्टी लुक्स दिएको छ।
यसको नयाँ ‘नकल गार्ड’ले हेन्डल ग्रिपमा हावाको गतिलाई छेक्छ भने फ्रन्ट फेन्डरले हिलो छ्यापिनबाट बचाउनुका साथै स्पोर्टी अपिललाई बढाएको छ।
त्यस्तै, यसमा स्पोर्टी मिरर, फुल्ली डिजिटल मिटर र ‘राइजिङ एयर टेल’ राखिएको छ।
११३ सीसीको ‘ब्लु कोर’ इन्जिन रहेको ‘स्ट्रि र्याली’ ले ७ हजार ५ सय आरपिएममा ७ दशमलव १ पिएस शक्ति दिन्छ भने ५ हजार आरपिएममा ८ दशमलव १ एनएम टर्क उत्सर्जन गर्छ।
अगाडि रहेको १७० एमएम डायमिटरको डिस्क ब्रेकले स्कुटरलाई नियन्त्रण गर्न सहज बनाउँछ ।
यसमा २१ लिटर क्षमताको सिट स्टोरेज छ भने आधा लिटरको बोटल अट्ने पकेट रहेको छ। त्यसैगरी, ‘स्ट्रिट र्याली’मा ५ दशमलव २ लिटर इन्धन स्टोरेज रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २६ भाद्र २०७५, मंगलवार