मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुनसरीको गढी गाउँपालिकामा

  • Technology Khabar | २५ भाद्र २०७५, सोमबार
मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुनसरीको गढी गाउँपालिकामा

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरे ।

मेगा बैकका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित भएको बताए । उनले स–साना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी पनि दिए ।

प्रकाशित: २५ भाद्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार