बैंकिङ्ग क्षेत्रमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग, माछापुच्छ्रे बैंकको ‘माया’ शुरु

  • Technology Khabar | २५ भाद्र २०७५, सोमबार
बैंकिङ्ग क्षेत्रमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग, माछापुच्छ्रे बैंकको ‘माया’ शुरु

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’ को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’ मार्फत माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको जवाफ पाउन सकिने बैंकले जानकारी दिएको छ ।

सो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकहरुसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने बैंकको भनाई छ ।

फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुले चौबिसै घण्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, ए.टि.एम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धि जानकारी ‘माया’मार्फत पाउन सकिने बैंकले जानकारी गराएको छ ।

यस सेवा मार्फत ‘माया’ले हजारौं ग्राहकहरुको लाखौं प्रश्नलाई तुरुन्त विभिन्न स्रोत मार्फत सूचनाहरुलाई सङ्कलन गरी ग्राहकको जिज्ञासाहरु मेटाउन सक्ने क्षमता रहेको बैंकले बताएको छ । साथै, सो सेवा नेपालमै पहिलो पटक बैंकिङ्ग क्षेत्रमा प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

ग्राहकमाझ ‘माया’ले सरल, सहज, भरपर्दो तथा तुरुन्त जानकारी दिनसक्ने माध्यमको रुपमा बेग्लै परिचय बनाउने विश्वास बैंकले लिएको छ । ‘माया’सँग अन्तरक्रिया गर्न फेसबुक मेसेन्जरमा माछापुच्छ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यू.आर. कोड स्क्यान गर्नुपर्नेछ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार