गणपति माइक्रोफाइनान्सको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

  • Technology Khabar | २१ भाद्र २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रति शेयर रु.१००/- अंकित दरको ३,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार