काठमाडौं ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगारपालिका, धादिङ्ग बिच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशुपन्छी तथा कृषि बीमालगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरे ।
सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाई तथा दिदी बहिनीहरुले आफनो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् ।
सोही अवसरमा नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले कम्पनीसँग संझौता गरी व्यवस्था मिलाएको बताए ।
प्रकाशित: २१ भाद्र २०७५, बिहीबार