अब एउटा/दुईटा होईन्, चार वटा रियर क्यामरा भएको स्मार्टफोन, यहि वर्ष सामसंगले ल्याउँदै

Technology Khabar १९ भाद्र २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले चारवटा क्यामरा भएको डिभाइस ल्याउने तयारी गरिरहेको छ । कम्पनीले मुख्य क्यामराको रुपमा चारवटा क्यामरा राख्ने बताईएको छ ।

हालै टेक्नोलोजीको बारेमा जानकारी लीक गर्दै आएका आइस यूनिभर्सले ट्वीट गर्दै सामसंगको सो डिभाइसको बारेमा जानकारी दिएका हुन् । उनकाअनुसार सन २०१८ मा नै सामसंगले ४ क्यामरा भएको डिभाइस लन्च गर्न लागेको हो ।

तर यसबारेमा भने धेरै जानकारी दिईएको छैन् ।

यो डिभाइस ग्यालेक्सी नोट सिरिज र ग्यालेक्सी एस सिरिजमा नआउने र संभवत फोल्डेबल फोनमा पनि नहुने अनुमान छ । तर कतै यो सामसंगको ए सिरिजमा आउने स्मार्टफोनमा ४ क्यामरा प्रयोग गर्न लागिएको त हैन् ? भन्ने अनुमान गरिएको छ । कम्पनीले सन् २०१९ का लागि ग्यालेक्सी ए नाइन स्मार्टफोन ल्याउनसक्नेछ यो सिरिजको स्मार्टफोन वर्षको अन्त्यमा सार्वजनिक हुने गरेका छन् ।

हाल ए सिरिजको स्मार्टफोनमा ड्यूल फ्रन्ट क्यामरा राखिएको छ ।

माध्यम

प्रकाशित: १९ भाद्र २०७५, मंगलवार

तपाइको प्रतिक्रिया