Technology Khabar १८ भाद्र २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ कम्पनी जेडटिईको सब ब्राण्ड नूबियाले हातमा लगाउन मिल्ने पहिलो स्मार्टफोन सार्वजनिक गरेकोछ । कम्पनीले जर्मनीको बर्लिनमा आयोजित आईएफए २०१८ मा पहिलो पटक हातमा घडी जस्तै लगाउन सकिने स्मार्टफोन प्रदर्शन गरेको हो ।
यो डिभाइसको नाम नूबिया ए(अल्फा) Nubia-α राखेको छ । डिभाइसमा कब्र्ड ओएलईडी टचस्क्रीन डिस्प्ले राखिएको छ भने फ्रन्ट क्यामरा पनि उपलब्ध छ । क्यामराका साथमा माइक्रोफोन तथा बटन सपोर्ट उपलब्ध छ ।
फोनको पछाडिको भागमा चार्जिंग पिन्स तथा हार्ट रेट सेन्सर प्रयोग गरिएको छ । बियरेबल स्मार्टफोनमा मेटल स्ट्रापको प्रयोग गरिएको छ, जून ब्ल्याक, ब्लू र गोल्डन कलर अप्सनमा आउनेछ ।
नूबिया रेड म्याजिक स्मार्टफोन
कम्पनीले बियरेबल स्मार्टफोनका साथमा नयाँ स्मार्टफोन नूबिया रेड म्याजिक स्मार्टफोन पनि लन्च गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोनमा ६ इन्चको फूल एचडी प्लस स्मार्टफोन छ जसमा १०८०x२१६० पिक्सेलको रिजोल्यूशन रहेको छ । फोनमा नोच राखिएको छैन भने एन्ड्रोयड ओरियो ८.० भर्सनको ओएसमा आधारित रहेको छ ।
क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको सो स्मार्टफोनमा ६ जीबी र ८ जीबी र्याम अप्सन छ । फोनमा ६४ जीबी र १२८ जीबी स्टोरेजको अप्सन रहेको छ भने माइक्रो एसडी कार्डमार्फत स्टोरेज बढाउन सकिन्छ ।
फोटोका लागि फोनमा २४ मेगापिक्सेलको सिंगल लेन्स रियर क्यामरा छ भने फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको छ ।
नूबिया रेड म्याजिक स्मार्टफोनमा ३८०० एमएएचको ब्याट्री प्याक छ भने नूयिबा फास्ट चार्जिंग टेक्नोलोजी प्रयोग गरिएको छ । फोनमा फोरजी, भीओएलटिई, थ्रीजी, वाईफाई, ब्लूटूथ, जीपीआरएस तथा यूएसबी टाइप सी पोर्ट राखिएको छ ।
प्रकाशित: १८ भाद्र २०७५, सोमबार