Technology Khabar १५ भाद्र २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नेपाली बजारमा इलेक्ट्रो भ्वाइस तथा डाइनाकर्डका उत्पादनहरु सार्वजनिक भएका छन् । नेपालका लागि इलेक्ट्रो भ्वाइस तथा डाइनाकर्डको आधिकारिक बिक्रेता इभोल्यूशन ट्रेडिंग प्रालिले विहिबार एक कार्यक्रमका बिच नयाँ उत्पादनहरु बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले स्पीकर, एम्प्लिफायर, माइक्रोफोन, र प्रोसेसरहरु सार्वजनिक गरेको छ । कार्यक्रममा नयाँ उत्पादनहरुका साथमा लाइभ डेमोन्स्ट्रेसन समेत गरिएको थियो । यी उत्पादनहरु विशेषगरि कन्सर्ट ठूला कन्फ्रेन्सलगायतमा उपयोग गर्न सकिने जानकारी दिईयो ।
प्रकाशित: १५ भाद्र २०७५, शुक्रबार