Technology Khabar १३ भाद्र २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि पूर्व अध्यक्ष दिगम्बर झासहित ३ जनाको नाम सिफारिस भएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा, प्राधिकरणकै बरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र पूर्व सचिव शुसील घिमिरेको नाम सिफारिस गरेको हो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले पनि तीन जनाको नाम सिफारिस गरेर पठाएको जानकारी दिए ।
‘समितीले तीन जनाको नाम सिफारिस गरेको हो, सो सिफारिस मन्त्रिपरिषद गईसकेको छ,’ उनले भने ।
सरकारले यहि सिफारिसको आधारमा नयाँ अध्यक्षको चयन गर्नेछ । मन्त्रिपरिषदले तीनमध्ये १ जनालाई अध्यक्ष नियुक्ति गर्नेछ ।
यसअघि मन्त्रालयले अध्यक्ष पदका लागि खुला आवेदन माग गर्दै सूचना जारी गरेको थियो, जसमा १५ जनाले आवेदन दिएका थिए ।
कसको संभावना अधिक ?
शुसिल घिमिरे
नेपाल सरकारका पूर्व सचिव शुसिल घिमिरे यसअघि संचार मन्त्रालयमै सचिव पदको अनुभव लिईसकेका व्यक्ति हुन् । उनी हाल पारिवारिक माहौलमा नै व्यस्त रहेकोमा उनी पनि अध्यक्ष पदको दाबी गर्न आएका हुन् । उनलाई नेकपा पार्टि भित्रकै एक पक्षले अध्यक्ष बनाउने निकै प्रयास गरिरहेको स्रोतले दाबी गरेको छ ।
पुरुषोत्तम खनाल
त्यस्तै सिफारिस भएका पुरुषोत्तम खनाल हाल वरिष्ठ निर्देशकको रुपमा प्राधिकरणमा नै कार्यरत छन् । उनी यसअघि मन्त्रालयमा तत्कालिन अध्यक्ष दिगम्बर झाको खरो विरोधीको रुपमा परिचित रहेको प्राधिकरण स्रोतको भनाई छ । उनी हालसम्म कुनै पनि विवादमा नआएका व्यक्तिको रुपमा चिनिन्छन् । उनी मन्त्रि बाँस्कोटासँग समदुरीमा रहेर सम्बन्ध कायम गर्ने व्यक्तिको रुपमा प्राधिकरण भित्र परिचित छन् ।
दिगम्बर झा
सिफारिसमा परेका दिगम्बर झा यसअघि पनि प्राधिकरणमा अध्यक्ष भईसकेका व्यक्ति हुन् । उनले प्राधिकरणमा दुई कार्यकाल बिताएका थिए । दोस्रो कार्यकालमा कार्यरत रहँदा भने वर्तमान सरकारले राजनीतिक नियुक्ति भएको भन्दै अन्य नियुक्तिहरुसँगै उनलाई पनि पदमुक्त गरेको थियो ।
यसअघिको सरकारले उनको कार्यकाल थप गर्दा विवादमा मुछिएका झा यो सरकारले पदमुक्त गरेपछि पनि चर्चामा आएका थिए । उनले पदमुक्त गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेर अन्तरिम आदेश जारी गराएपनि पछि मुद्धा फिर्ता लिएका थिए ।
झा यसअघि नेपाल आयल निगममा पनि प्रबन्ध निर्देशक भईसकेका व्यक्ति हुन्।
पूर्व अध्यक्ष झालाई मन्त्रि बास्कोटाद्धारा यसअघि पनि नियुक्ति गर्ने पटक पटक प्रयास भएको थियो ।
सम्पादित
[poll id=”4″]
प्रकाशित: १३ भाद्र २०७५, बुधबार