
काठमाडौं ।
काठमाडौं । कार भाडामा दिने स्टार्टअप कम्पनी रेभमा (Revv) कोरियन कार निर्माता हुण्डाईले लगानी गरेको छ । कम्पनीले भारतमा अन डिमाण्ड सेवा दिने कम्पनी रेभमा १४.३ मिलियन लगानी गरेको हो ।
यसअघि नै सो कम्पनीलमा लगानी गरेको घोषणा गरिसकेको हुण्डाईले लगानीकर्ताहरुमध्ये सबैभन्दा धेरै लगानी गरेको हो ।
सो स्टार्टअपमा लगानी गर्ने अन्य कम्पनीमा जापानको टेलामा इन्भेष्टमेन्ट र संजय कपुरको अटो कम्पनी सोना बीएलडब्लू रहेको छ । स्टार्टअप कम्पनी रेभले कुल २३ मिलियन डलर लगानीकर्ताहरुबाट उठाएको छ ।
सन् २०१५ मा स्थापना भएको रेभलले भारतका ११ शहरहरुमा करिब १ हजार कारहरु भाडामा दिने सेवाको लागि प्रयोग गरिरहेको छ । कम्पनीले घरसम्मै पुर्याउने र लैजाने सेवा दिईरहेको छ ।
स्टार्टअपका संस्थापकद्धय अनुपम अग्रवाल र करण जैनले अझैपनि करिब ९८ प्रतिशत भारतीयहरुसँग गाडि नभएको हुँदा नविनतम योजनाका साथ सेवा संचालन गर्न सकिने बताए ।
प्रकाशित: ७ भाद्र २०७५, बिहीबार