अष्ट्रेलियामा चिनियाँ टेक कम्पनी ह्वावे र जेडटिई प्रतिबन्धित, फाइभ जी नेटवर्कमा काम गर्न नपाउने

Technology Khabar ७ भाद्र २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । अष्ट्रेलियन सरकारले चिनियाँ टेक्नोलोजी कम्पनीद्धय ह्वावे र जेडटिईलाई सरकारी दुरसंचार नेटवर्कमा कामगर्नका लागि प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियन सरकारले राष्ट्रिय सुरक्षाका कारण दुबै कम्पनीहरुलाई फाइभ जी नेटवर्क निर्माणको कार्यमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको हो ।

रिपोर्टअनुसार यो निर्णय सरकारको अयोग्य गर्नसक्ने नियमको आधारमा गरिएको बताईएको छ । सो नियमअनुसार अष्ट्रेलियन कानूनसँग बाझिने कुनैपनि विदेशी सरकारबाट हुने असाधारण न्यायिक निर्देशनहरु भन्ने उल्लेख छ ।

ह्वावे यसअघि नै २०१२ मा राष्ट्रिय ब्रोडब्याण्ड नेटवर्क बिस्तारमा सहभागी हुनबाट नै प्रतिबन्धित रहेको छ । चिनियाँ कम्पनीले भने राष्ट्रिय सुरक्षा जोखिम भएको विषय अस्विकार गरेको छ । उसले विगत १५ वर्षदेखि अष्ट्रेलियामा वायरलेस प्रविधि सुरक्षितरुपमा प्रदान गरिरहेको बताएको छ ।

ह्वावे अष्ट्रेलियाले आफ्नो ट्वीटरमा सरकारी निर्णयबाट पूर्णरुपमा असन्तुष्टि व्यक्त गरेको छ ।

अष्ट्रेलियाका कार्यबाहक गृह मन्त्रि स्कट मौरिसन र संचार मन्त्रि मिच फाइफिल्डले एक विज्ञप्ति जारी गर्दै नेटवर्कमा आउने अवरोधहरुबाट सुरक्षित गर्न नसक्ने कुनैपनि व्यवसायीहरुलाई हटाईने बताएका थिए । विज्ञप्तिमा कम्पनीको नाम उल्लेख नभएपनि टेक कम्पनी ह्वावेले आफ्नो ट्वीटरमा सो निश्चित गरेको छ की जेडटिईका साथमा प्रतिबन्धित भएको हो ।

अष्ट्रेलियन सरकारले क्यारियर कम्पनीहरुलाई पाचौं पुस्ताको मोबाइल प्रविधिको लागि नयाँ सुरक्षा निर्देशिका जारी गर्दै सरकारसँग सम्बन्धित आपूर्तिकर्ताहरुबाट आज्ञा पालनसम्बन्धि खतरा हुनसक्ने चेतावनी दिएको छ । फाइभजी प्रविधिलाई यसअघिको नेटवर्कहरुभन्दा अझ बढि सुरक्षित पार्दै राष्ट्रिय सुरक्षा चुनौतीमा ध्यान दिईएको बताईएको छ ।

एजेन्सी

प्रकाशित: ७ भाद्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया