सामसंग महा एक्सचेन्ज अफर शुरु, पुरानो मोबाइल फोनसँग सामस‌ंगको फोन साट्न पाइने

  • Technology Khabar | ६ भाद्र २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । न्यूरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको मोबाइल एक्सचेन्ज कम्पनी ईजी मोबाइल केयरले सामसंग महा एक्सचेन्ज अफर ल्याएको छ । जसमा ग्राहकहरुले जुनसुकै ब्राण्डको मोबाइल फोनहरु सामसंगको स्मार्टफोनसँग साट्न सक्ने छन् ।

कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यूनतम मूल्य १ हजार रुपैयाँबाट शुरु हुने गरि मूल्यांकन गर्ने बताईएको छ ।

त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी समेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रीएमा घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधा दिने कम्पनीले जानकारी दिएको छ ।

यसको साथसाथै कम्पनीले ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरि सो बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ ।

ईजी मोबाइल केयरका संचालक संजित पौडेलका अनुसार ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलहरुसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरु बिस्तार गर्दै आएको छ । र देशैभरी नै किस्ताबन्दी सेवा च्यानल पार्टरहरुसँग मिलेर बिस्तार गर्न लागेको छ ।

यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको र ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ ।

कम्पनीले रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आईरहेको जनाएको छ ।

प्रकाशित: ६ भाद्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार