काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेले हालै नेपालसहित विश्व बजारमा नोभा ३आई र नोभा ३ स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीेले यो स्मार्टफोन सेल्फी फोन रुपमा बजारमा ल्याएको भन्दै आएको छ । यो स्मार्टफोनबाट खिचिएका सेल्फी फोटोहरुको बारेमा कम्पनीले जानकारी दिँदै विज्ञापन गर्ने गरेको छ ।
तर हालै ह्वावे नोभा ३ ले खिचेको भनिएको तस्विर व्यवसायीक डिएसएलआर क्यामराले खिचिएको पत्ता लागेको छ ।
यसअघि पनि ह्वावेले गलत विज्ञापनहरुमार्फत प्रचार गर्ने गरेको इतिहास रहँदै आएको छ । कम्पनीले पी ८ तथा पी ८ म्याक्सको मार्केटिंग फोटोलाई फोटोसप गरिएको खुलेको थियो भने पी नाइन स्मार्टफोनबाट खिचेको भनिएको तस्विर डिएसएलआरबाट खिचेको पुष्टि भएको थियो ।
अहिले फेरी कम्पनीले नोभा थ्रीका कष्टमरहरुलाई झुक्याउनका लागि डिएसएलआरबाट खिचेको फोटोलाई स्मार्टफोनबाट खिचेको भनेर उल्लेख गरेको छ । यो गलत कार्यमा कम्पनीले कसरी ग्राहकहरुलाई मुर्ख बनाउँछ भनेर स्पष्ट भएको छ ।

हालै नोभा ३ को विज्ञापनमा सहभागी एक अभिनेत्रीको इन्स्टाग्राम एकाउन्टबाट यो झुट बाहिर आएको हो । जसमा नोभा ३ को स्थानमा डिएसएलआर क्यामराबाट फोटो खिचिएको थियो । इजिप्टमा मार्केटिंग क्याम्पेनका लागि गरिएको विज्ञापन सुटिंगको फोटो अभिनेत्री साराह एलसामीले आफ्नो इन्स्टाग्राममा राखेकी थिईन् ।
यसको ३० सेकेण्डको विज्ञापनमा एउटा मानिसले अभिनेत्रीसँग नोभा ३ बाट सेल्फी खिच्ने प्रयास गरेको छ । जसमध्ये एउटा चरित्रमा अभिनेत्रीले फोटो खिच्नुभन्दा पहिले मेकअप गरिरहेको देखिन्छ, तर सो सेल्फी खिच्ने मान्छे आश्चार्यचकित हुन्छ की नोभा ३ को ब्यूटी एआई फीचरले उनले यसअघि नै मेकअप गरिसकेको जस्तै राम्रो देखाउँछ ।
यो विज्ञापनमा कयौं पटक स्मार्टफोनबाट सेल्फी खिचिरहेको जस्तो देखिन्छ तर त्यो सहिअर्थमा भने डिएसएलआरबाट खिचिएको फोटो हो ।फाइनल विज्ञापन भिडियो-
https://www.youtube.com/watch?v=2Kf7g2XEWwI
विज्ञापनमा यो प्रयोग हुनु सामान्य विषयको रुपमा लिन सकिएपनि सो ह्वावेको नोभा थ्री आई र नोभा ३ स्मार्टफोन किन्ने ग्राहकहरुले भने ठगिएको महसुस गर्नेछन् र भन्ने छन के साँच्चिकै त्यस्तै राम्रो फोटो खिच्छ त नोभा ३ ले । साँच्चै भन्ने हो भने विज्ञापनले ग्राहकहरुलाई ठगेको नै हो ।
प्रकाशित: ४ भाद्र २०७५, सोमबार