
काठमाडौं ।
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्सले आफ्नो सेवाको नेटवर्किंग डिभाइसको रुपमा जुनिपरका उत्पादनहरु प्रयोग गर्ने भएको छ । कम्पनीले आफ्नो सेवा बिस्तारको लागि जुनिपर नेटवर्कसको उत्पादन तथा सेवा प्रयोग गर्ने आइतवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
पछिल्ला दिनहरुमा ग्राहकहरुको संख्या उल्लेख्यमात्रामा बढेको भन्दै कम्पनीले इन्टरनेट ट्राफिक सुचारु गर्न तथा आफ्नो सेवाको गुणस्तर अभिवृद्धि गर्नका लागि ब्याकबोन नेटवर्कको क्षेत्रमा जुनिपरका एमएक्स सिरिजका उत्पादनहरु विशेषरुपमा प्रयोग गर्ने उल्लेख गरेको छ । सो डिभाइसहरुको प्रयोगले १०० जीबीको उच्चगतिको ब्याकबोन नेटवर्क बिस्तार गर्न सकिने बताईएको छ ।
पत्रकार सम्मेलनमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले नेपालको सबै जिल्लाहरुमा कम्पनीको सेवा पुगिसकेको जानकारी दिँदै नयाँ उपकरणहरुले सेवाको गुणस्तर बढाउन सहयोग गर्ने बताए ।
प्रकाशित: ३ भाद्र २०७५, आईतवार