
काठमाडौं ।
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमा ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।
सो सम्झौता—पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ र हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्ता पूँजी २ अर्व १ करोड रुपैयाँ पुग्ने छ ।
पाँच अर्ब अधिकृत पूँजी रहेको कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ३ भाद्र २०७५, आईतवार