
काठमाडौं ।
काठमाडौं । माछापुच्छ्रे बैंकले खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बैंकले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे जानकारी दिए ।
मिरा राई नेपाली म्याराथनको खेलाडी हुन भने प्रतिमा शेर्पा महिला गल्फर हुन् । त्यस्तै आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् ।
पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउन गौरवको विषय रहेको बताए ।
बैंकका पूर्व अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुर्याउने बताए ।
बैंकले आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
प्रकाशित: १ भाद्र २०७५, शुक्रबार