सुबिसुको सेल्स आउटलेट सुविसु स्टेशन काठमाडौंको कलंकीमा

  • Technology Khabar | २९ श्रावण २०७५, मंगलवार
सुबिसुको सेल्स आउटलेट सुविसु स्टेशन काठमाडौंको कलंकीमा

काठमाडौं ।

काठमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले आफ्नो पाँचौं सेल्स आउटलेट सुविसु स्टेशन Subisu Station काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गरे ।

नयाँ स्टेशनबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसुको सेवासँग सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्टर सेल्स सपोर्ट आफ्ना दक्ष तथा अनुभवी कर्मचारीहरुबाट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

सो स्टेशनको स्थापनासँगै हाल सुविसु स्टेशन ललितपुरको झम्सीखेल, काठमाडौंको रानीबारी, सुकेधारा, डिल्लीबजार र कलंकीमा रहेका छन् । साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापनागर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...