सिटिजन्सद्वारा मालिका बाल विद्यालयलाई आर्थिक सहयोग

Technology Khabar २७ श्रावण २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले साउन २४ गते कंचनपुरको मालिका बाल विद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंक इन्टरनेसनल महेन्द्रनगर शाखाका प्रबन्धक नरेन्द्र चन्दले कंचनपुरको भीमदत्त नगरपालिका वडा नं २, भासीमा रहेको मालिका बाल विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय रुपैयाँ तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० रुपैयाँको छात्रवृति प्रदान गरिने कुरा विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायले जानकारी गराए ।

सिटिजन्स बैंक इन्टरनेसनल महेन्द्रनगरका शाखा प्रबन्धक चन्दले बैंकले प्रदान गरेको छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: २७ श्रावण २०७५, आईतवार

तपाइको प्रतिक्रिया