Technology Khabar २७ श्रावण २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । वर्ल्डलिंकले आफ्ना ग्राहकका लागि नयाँ अफर प्रदान गर्ने क्रममा ‘अफर जम्बो खर्च कम भो’ नामक योजना ल्याएको छ।
अफरअन्तर्गत ग्राहकले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथै निशुल्क सेट टप बक्स पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
सोअफर अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि ८ हजार ४ सय रुपैयाँ, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि ९ हजार ६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको १२ हजार १५० रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने छ।
कम्पनीकाअनुसार अफर भदौ मसान्तसम्मको लागि मात्र लागू गरिएको छ।
प्रकाशित: २७ श्रावण २०७५, आईतवार