Technology Khabar २६ श्रावण २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको पशुपति ट्रेड लिङ्क प्रालिले नेपाली बजारमा एंकर ब्राण्ड आधिकारिक रुपमा लन्च गरेको छ ।
एंकर चीनको लिडिङ्ग कन्जुमर इलेक्ट्रोनिक्स ब्राण्ड हो । यसका आधुनिक पोर्टेवल इलेक्ट्रोनिक्स सामानहरुको रेन्ज धेरै रहेको छ । पशुपति ट्रेड लिङ्कले एंकरका पावर ब्याक, पोर्टेवल प्रोजेक्टर, युएसबी केवल, ब्लुटूथ एयरफोन, वायरलेस चार्जर, वालचार्जर र ब्लूटूथ स्पीकर नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले शुक्रबार ब्लगर्स मिट गर्दै नेपाली बजारमा एंकरका उत्पादनहरु उपलब्ध भएको जानकारी दिएको हो।
एंकर ब्राण्डका सबै उत्पादनहरुमा १८ महिनाको रिप्लेसमेन्ट वारेन्टीसहित उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
एंकरको नेबुला मार्स प्रोजेक्टर ग्राहकको आकर्षण केन्द्रमा रहनेछ, जसमा १० वाटको २ वटा स्पिकर र १५० इन्च सम्मको तस्विर जुन १२८० वाइ ७२० को क्लियर रेजुलेशन हुनेछ । यो प्रोजेक्टर एन्ड्रोयड ७.१ भर्सनमा आधारित छ र यसमा बील्ड इन वाइफाइ र ब्लुटूथ रहेको छ जसले गर्दा युट्यूब र नेटफ्लीक्सका भिडीयोहरु हेर्न निकै सहज हुन्छ । यसमा ८ जीवीको इन्टरनल स्टोरेज पनि रहेको छ साथै अरु डिभाइसहरु कनेक्ट गर्न एक्स्टर्नल एचडिएमआई तथा युएसबी ३.० पोर्ट रहेको छ । यसमा १२,५०० एमएएचको ब्याट्री पनि रहेको छ जसले ४ घण्टा सम्मको व्याकअप दिन्छ ।
‘मोवाइल बाहेक पावरब्यांक तथा चार्जीङ्ग केवल पनि आफ्नो साथमा राख्ने गरिन्छ । उपभोक्ताहरु राम्रो टेक्नलोजी तथा गुणस्तरका स्मार्टफोन, ल्यापटप र इलेक्ट्रोनिक्स सामानहरु किन्न चाहन्छन् तर चार्जर र केवल भने साधारण तथा नक्कल गरिएका किन्ने गर्दछन्,’ पशुपती ट्रेड लिङ्कका मार्केटिङ्ग मेनेजर धिरेन्द्र कुसवाहले भने ।
उनकाअनुसार धेरै व्यक्तिहरुलाई सस्ता कम गुणस्तरका सामानहरुको वेफाईदाहरु जसले आफ्नो बहुमुल्य सामानको पर्फमेन्स कम गरेकोे, व्याट्रि लाइफ घटाएको तथा स्लो बनाएको जस्ता कुराहरु थाहा नै हुँदैन । कम्पनीले नेपालमा भित्र्याएको उत्पादनहरु व्याट्रि लाइफ, पर्फमेन्स तथा इफिसिएन्सिको वृद्धि गर्छ ।
एंकर एक विश्वप्रसिद्ध चिनियाँ टेक्नलोजी कम्पनी हो जसले डिजाइन, डेभलप गरि अमेरिका तथा युरोपियन युनीयनका देशहरुमा आफ्ना उत्पादनहरु बिक्री गर्छ । यसको स्थापना सन् २०११ मा स्टिभ याङ्गले गुुगलको जागिर छोडेर गरेका थिए । यो कम्पनी स्तरीय पावरब्यांक र चार्जरको लागि चिनिने गरेको छ ।
प्रकाशित: २६ श्रावण २०७५, शनिबार