एक साताभित्रै ४० लाख डाउनलोड गरिएको मोबाइल रेगिंग गेम ‘अस्फाल्ट ९: लिजेण्डस्’

  • Technology Khabar | २२ श्रावण २०७५, मंगलवार
एक साताभित्रै ४० लाख डाउनलोड गरिएको मोबाइल रेगिंग गेम ‘अस्फाल्ट ९: लिजेण्डस्’

काठमाडौं ।

काठमाडौं । लोकप्रिय रेसिंग मोबाइल एप अस्फाल्ट ९ लिजेण्डस् (Asphalt 9: Legends) सार्वजनिक भएको एक साताभित्रै ४० लाख पटक डाउनलोड भएको छ । यो गेमिंग एम गत साता मात्र रिलिज गरिएको थियो ।

यसको डाउनलोडको संख्याले अस्फाल्ट ९ लिजेण्डस् निकै लोकप्रिय मोबाइल गेमिंग एपको रुपमा स्थापित भएको छ ।

यो गेमलाई गूगल प्ले स्टोरमा औसत ४.६ स्टार्स दिईएको छ र यो टप रेसिंग गेम्सको लिस्टमा सबैभन्दा पहिलो स्थानमा रहेको छ ।

गेमलफ्टकाअनुसार अस्फाल्ट ९ लिजेण्डस् कयौं मुलुकमा एप्पलद्धारा एडिटर च्वाइसका लागि छनौट गरिएको छ भने कयौं पटक गेम अफ दि डे प्राप्त गरेको छ ।

अस्फाल्ट ९ लिजेण्डस् मोबाइल गेम गूगल प्ले तथा एप्पल प्ले स्टोरमा उपलब्ध छ र यो निशुल्क डाउनलोड गर्न सकिन्छ ।

यो गेम एन्ड्रोयड भर्सनमा १.५ जीबीको डाउनलोड साइट छ भने आईओएसमा १.७ जीबीको डाउनलोड साइज छ । अस्फाल्ट ९ लिजेण्डस् यसअघि आएको अस्फाल्ट ८ एयरबोर्नको अपग्रेडेड भर्सन हो ।

यो गेम विश्वको उत्कृष्ट ५० वेस्ट रेसिंग कारका साथमा उपलब्ध छ, जसलाई तपाईँले गेमभित्र रेस जितेर पाएको रकमबाट अपग्रेड गर्न सक्नुहुनेछ ।

अस्फाल्ट ९ लिजेण्डस् गेममा केहि कारहरुको नाम फेरारी, ल्याम्बोर्गिनी, डब्लू मोटर्स, पोर्चेलगायतका छन् ।

प्रकाशित: २२ श्रावण २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार