Technology Khabar २२ श्रावण २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । फिफा वर्ल्ड कप २०१८ को अवसरमा सामसङ इलेक्ट्रोनिक्स नेपालले ग्राहकहरु समक्ष प्रस्तुत गरेको “फिल द गेम” योजनाका भाग्यशाली विजेताहरुलाई पुरस्कृत गरेको छ । योजना अन्र्तगत कम्पनीले वल्र्ड कप समयावधि भित्र टिभी खरिद गर्ने ग्राहकहरुलाई क्यास व्याक प्रदान गरेको थियो ।
साथै सो योजना अवधिभर विभिन्न मोडेलका सामसङका टिभीहरुमा अधिकतम २७ प्रतिशतसम्म क्यास व्याक तथा २ वर्षसम्म वारेन्टी एवं शून्य प्रतिशत मासिक किस्तावन्दीको सुविधा समेत प्रदान गरिएको थियो । योजना सामसङका लागि नेपालको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहकार्यमा १ जुन देखि १५ जुलाईसम्म नेपाल अधिराज्यभर रहेका आधिकारिक सामसङ ब्राण्ड स्टोर तथा आउटलेटहरुबाट प्रदान गरेको कम्पनीले जानकारी दिएको छ।
अफरका साथसाथै सामसङका स्मार्ट टीभी खरिदकर्ताहरुले टर्किस एयर, एस ट्राभल्स, वयोधा हस्पिटल तथा केजीएच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए । टर्किस एयरको बिजिनेश क्लासको राउन्ड–ट्रिप टिकट, सामसङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९, ग्यालेक्सी ए ६ प्लस तथा ग्यालेक्सी ७ डुओस जित्ने भाग्यशाली ग्राहकहरुमा नवीन धुन श्रेष्ठ– मध्यपुर, बाबुरत्न महर्जन–ललितपुर, चिनी मैया श्रेष्ठ–ललितपुर, वेनु सुवेदी– विर्तामोड तथा मनमाया गुरुङ्ग–वसेनी चितवन छन् ।
भाग्यशाली विजेताहरुलाई अगस्ट ६मा पुरस्कार प्रदान गरिएको थियो । विजेताहरुलाई सामसङ नेपाल शाखाका प्रवन्ध निर्देशक युवेओम वान तथा टर्किस एयरका महाप्रबन्धक अहमेद अब्दुल्हाले पुरस्कार विरण गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित: २२ श्रावण २०७५, मंगलवार