Technology Khabar २१ श्रावण २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ ईकमर्श कम्पनी अलीबाबा अब स्मार्टफोन निर्माणको क्षेत्रमा कदम बढाउने भएको छ । कम्पनीले आफ्नै स्मार्टफोन बनाउने तयारी गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । अलीबाबाले चिनियाँ स्मार्टफोन कम्पनी भीभोसँग मिलेर आफ्नै स्मार्टफोन ल्याएको हो ।
चीनका बिलेनियर ज्याक माको कम्पनी अलीबाबा ईकमर्श, रिटेल, व्यापार, फाइनान्स तथा क्लाउड कम्यूटिंग कम्पनीलगायतको क्षेत्रमा संलग्न छ ।
अलीबाबाले निर्माण गर्ने स्मार्टफोनमा भीभोले बनाएको हार्डवेयर प्रयोग हुनेछ भने त्यसमा प्रयोग हुने अपरेटिंग सिस्टम अलीबाबाले आफैंले निर्माण गर्नेछ । सो अपरेटिंग सिस्टमको नाम यूनओएस राखिने बताईएको छ ।
अलीबाबाले तयार पार्ने ओएस लिनक्स अपरेटिंग सिस्टममा आधारित हुने रिपोर्टमा उल्लेख छ ।चीनमा एन्ड्रोयड ओएस पछि लिनक्स सबैभन्दा ठूलो ओएस हो । यो अपरेटिंग सिस्टम अलीबाबाको आफ्नै शपिंग एप्समा प्री लोडेड हुनसक्नेछ ।
यसका साथै स्टोर डाटा व्यवस्थापन गर्न कमपनीले क्लाउड कम्यूटिंग पनि प्रयोग गर्न सक्नेछ ।
अलीबाबा र भीभोले शपिंगको आवश्यकताका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न सक्ने रिपोर्टमा उल्लेख छ ।
अलीबाबाले भीभोसँग मिलेर बनाउने यो स्मार्टफोन कहिले बजारमा आउँछ भन्ने कुनै जानकारी छैन् ।
प्रकाशित: २१ श्रावण २०७५, सोमबार