Technology Khabar २० श्रावण २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । एनसेलले डेटा सेवाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र ५ रुपैयाँ (कर सहित ६रुपैयाँ ३८ पैसा) मा २५ एमबी डेटा भोलुमको मजा लिन सक्नेछन् ।
फुच्चे डेटा प्याक आइतबारदेखि लागु हुनेछ । यस डेटा प्याक अन्तर्गतको २५ एमबी डेटा ग्राहकले एनसेलको कुनै पनि नेटवर्क टुजी, थ्रिजी तथा फोरजी मा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सक्ने बताईएको छ।
ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंग्रेजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहने कम्पनीको भनाई छ ।
सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहकका लागि मात्र रु ५ मा डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ ।
ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास (*17123#) डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: २० श्रावण २०७५, आईतवार