एक ट्रिलियन डलर मूल्य भएको पहिलो कम्पनी बन्यो एप्पल, आइफोनको आम्दानी महत्वपूर्ण

  • Technology Khabar | १८ श्रावण २०७५, शुक्रबार
एक ट्रिलियन डलर मूल्य भएको पहिलो कम्पनी बन्यो एप्पल, आइफोनको आम्दानी महत्वपूर्ण

काठमाडौं ।

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनीको रुपमा चिनिदै आएको अमेरिकी कम्पनी एप्पल वान ट्रिलियन डलर कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयरमा आएको वृद्धिका कारण विहिबार १ ट्रिलियन डलर अर्थात १० खर्ब अमेरिकी डलर (१०९८ खर्ब रुपैयाँ बराबर) मार्केट क्याप भएको पहिलो पब्लिक कम्पनी बन्न सकेको हो ।

यो कम्पनीलाई अमेरिकाको पहिलो ट्रिलियन डलर कम्पनी बनाउनमा यसको सफल उत्पादन आईफोनको महत्वपूर्ण भूमिका रहेको छ ।कम्पनीले त्यसअघि पर्सनल कम्प्यूटर बनाउँदै आएको थियो तर आइफोन सार्वजनिक गरेदेखि कम्पनीले आफ्नो व्यवसायमा उल्लेख्य प्रगति गरेको छ भने एक दशकमा नै १ ट्रिलियन डलर कम्पनी भएको हो ।

विहिबार टेक कम्पनी एप्पलको स्टकमा एकैपटक २.८ प्रतिशतको वृद्धि हुँदै अहिलेसम्मकै उच्च २०७.०५ अमेरिकी डलर प्रति शेयर भएको थियो । मंगलवार कम्पनीको जून महिनाको चौमासिकमा अनुमान गरेभन्दा बढि आम्दानी तथा नाफा कमाएको रिपोर्ट सार्वजनिक भएलगत्तै यसको स्टक मूल्यमा वृद्धि भएको हो ।

सन् १९७६ मा स्टीब जब्सले आफ्नै ग्यारेजबाट शुरु गरेको कम्पनी एप्पलको आम्दानी पोर्चुगल, न्यूजिल्याण्ड र अन्य देशहरुको ग्राहस्थ उत्पादन भन्दा बढि छ । कम्पनीले प्रविधिलाई उत्पादनसँग जोडेर त्यसबाट कसरी सबैलाई फाईदा हुन्छ भन्ने अनुभव देखाउँदै आएको छ ।

कम्पनीले सन् २०१८ को लागि सार्वजनिक गरेको आइफोन एक्सले यसको बजारलाई ह्वात्तै बढाएको हो । कम्पनीको आइफोनको वृद्धि १ प्रतिशत मात्रै देखिएपनि आम्दानी २० प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले ५३.३ बिलियन डलरको आम्दानी हासिल गरेको थियो भने प्रत्येक वर्ष १७ प्रतिशतले वृद्धि व्यवस्थापन गर्दै आएको थियो । कम्पनीको सफल उत्पादन मानिदै आएको आइफोन सन् २००७ मा लन्च गरिएको थियो जसले त्यसबेला अन्य मोबाइल फोन कम्पनीहरुलाई निकै पछाडि पारेको थियो ।

यसको अन्य उत्पादन आइप्याडको बिक्रीमा तलमाथि आईरहेको छ भने म्याकको बिक्री घट्दोक्रममा छ ।

एप्पलले अन्य प्रतिस्पर्धी कम्पनीहरु अम्याजन र गूगलको मातृकम्पनी अल्फाबेटलाई पछि पार्दै पहिलो एक ट्रिलियन डलर कम्पनी भएको हो।

एप्पलका संस्थापक जब्सको सन् २०११ मा क्यान्सर रोगबाट मृत्यु भएपछि कम्पनीको भविश्यको बारेमा आशंका उत्पन्न भएको थियो ।त्यसबेला कम्पनीको मूल्य ३५० बिलियन डलर थियो । त्यसपछि कम्पनीको नेतृत्व टिम कुकले सम्हाल्दै आएका थिए जसले कम्पनीलाई एक ट्रिलियन भएको पहिलो अमेरिकन कम्पनी बनाउन सफल भए ।

कम्पनीलाई १ ट्रिलियन बनाउने बाटोलाई सहज बनाउनमा अमेरिकी कर सुधार योजना पनि महत्वपूर्ण रहेको छ । अमेरिकी सरकारले कर्पोरेट ट्याक्समा कटौती गरेपछि विदेशमा नाफा गरेर राखेको अधिकांश रकम कम्पनीले अमेरिकामा भित्र्याएको थियो जून लाभांश बाँड्न र शेयर पुन खरिदका लागि प्रयोग गरिएको थियो ।

प्रकाशित: १८ श्रावण २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १८ श्रावण २०७५, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १८ श्रावण २०७५, शुक्रबार

NOC from Nagarik App

  • १८ श्रावण २०७५, शुक्रबार

E-pension verification system launched

  • १८ श्रावण २०७५, शुक्रबार